आँँबुखैरेनी प्रहरी द्वारा बन्दुक सहित दुई जना पक्राउ

आँँबुखैरेनी प्रहरी द्वारा बन्दुक सहित दुई जना पक्राउ

अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँकाे आँबुखैरेनी प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका इन्चार्ज प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ। यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो।

तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ । आँबुखैरेनीकाे इन्चार्ज भएर आएपछी सुवेदी नेतृत्वको टाेलिले निकै सकृयता देखाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page