सचिव कुट्ने बन्दिपुरका वडाध्यक्ष गुरूङकाे १० दिन म्याद थप

सचिव कुट्ने बन्दिपुरका वडाध्यक्ष गुरूङकाे १० दिन म्याद थप

तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष बल वहादुर गुरुङलाई थप अनुसन्धानका लागि १० दिनकाे म्याथ थप गरिएको छ । सोही वडाका वडा सचिव नवीन भुसाललाई कुटपिट गरेपछि पक्राउ परेका उनलाई १० दिनकाे म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । वडा अध्यक्ष माथि अभद्र व्यवहार मुद्दा परेको समेत उनलेे जानकारी दिए । बाँके घर भएका वडा सचिव भुसालको उक्त वडामा नयाँ पाेष्टिङ रहेको थियो । यता कर्मचारी कुटिएकाे बिषयमा जिल्लाका कर्मचारी संघसंगठनले विज्ञप्ति मार्फत बिराेध गर्दै दाेसीलाइ कार्वाहीकाे माग गरेका छन् ।
बिल पास गर्न नमानेको भन्दै वडाध्यक्ष गुरूङले सचिवलाई पिटेको बताइएको छ । घाइते वडा सचिव भुसालकाे घाँटी र अनुहारकाे भागमा चाेट लागेको र उनलाई तत्कालै बन्दिपुर अस्पतालमा प्रारम्भिक उपचार पश्चात् भरतपुर अस्पतालमा रिफर गरिएको थियो । अहिले उनी डिस्चार्ज भएर घरमा गएका बताइएको छ ।
अध्यक्ष गुरूङले आक्रमण गरेपछि सचिव भुसाल फुत्किएर भागेका थिए । केही दिन अगाडि भएको भलिबल प्रतियोगितामा स्टमेट भन्दा बढीको बिल सचिवले पास नगर्ने बताएपछि वडाअध्यक्षले आक्रमण गरेका थिए ।

यस सम्बन्धमा अध्यक्ष गुरूङ सँग सम्पर्क गर्दा अतिनैँ भए पछि हात छाेडेकाे बताएका थिए । केही दिन अगाडि तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिता भएको थियो , उक्त प्रतियोगिता बारेमा वडा सचिव भुसाललाई जानकारी गराएको थिएँ , उनी बिदामा थिए । पछि बिदाबाट फर्केपछि कुरा गर्दा याे बिल पास हुँदैन , बिल पास गर्न मलाई कति कमिसन आउँछ भन्ने जवाफ फर्काउने मात्रै हाेइन , तपाईंलाई कति आयाे भन्दै वडाध्यक्षलाइ भनेको , पहिलो र दाेस्राे कप गर्दा पास हुँदै आएकाे बिल अहिले अल्झाउने , पास हुँदैन भन्ने , फाइल लिन नमान्ने जस्ता कुरा गरेको अध्यक्ष गुरूङले बताएका थिए ।

पालिकाका अध्यक्ष , उपाध्यक्ष सबै सहभागी भइ भब्य रूपमा सम्पन्न भएको कार्यक्रमबारे मलाई थाहा छैन भन्ने गरेको भन्दै उनलेे राम्रो मुखले भन्दा नमानेपछि बाध्य भएर हात छाेडेकाे बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page