डुम्रे महाेत्सवकाे मिति सर्याे , अब फागुन २१ देखि चैत ३ गतेसम्म हुने

डुम्रे महाेत्सवकाे मिति सर्याे , अब फागुन २१ देखि चैत ३ गतेसम्म हुने

तनहुँको डुम्रेमा फागुन १२ गतेदेखि हुने भनिएको चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सवकाे मिति परिवर्तन भएको छ । मिति परिवर्तन सँगै अब महाेत्सव फागुन २१ गतेदेखि चैत ३ गतेसम्म हुने महाेत्सवका प्रवक्ता सुबोध अधिकारीले बताए ।

“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित यही फागुन २१ गतेदेखि चैत ३ गतेसम्म हुने महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा हुने महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । महाेत्सवकाे तयारी अन्तिम चरणमा पुगेको अवस्थामा विभिन्न कारणले केही पछाडि सार्न परेको अधिकारीले जानकारी दिए । यद्यपि महाेत्सवकाे स्टलहरू भने करिब सबै बुक भइसकेको स्टल संयाेजक राम जाेशीले बताए । महाेत्सवमा कृषि , पशु क्षेत्रलाई प्राथमिकतामा राखेर याम्पाकाे अर्गानिक उत्पादन ल्याउने वातावरण मिलाउने समेत तयारी भएको आयाेजकले जनाएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा हुने महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ।

महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन यस अगाडि नैं विभिन्न समिति र उपसमितिहरू गठन गरेर तयारीलाई तिव्रता दिइएको छ । महोत्सवको सफल सञ्चालनका लागि आर्थिक व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, प्रचार(प्रसार, सुरक्षा, र सञ्चालन समिति लगायतका उपसमितिहरू गठन गरी जिम्मेवारी तोकिएको हाे ।

व्यवसायी, सरोकारवाला निकाय स्थानीयवासीहरूको सहयोगमा महोत्सवलाई भव्य बनाउनका लागि तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । यस्तै डुम्रे इकाईका सचिव महेन्द्र शाहीले चिठी , निमन्त्रणा काे काम अन्तिम चरणमा पुगेको , केही चिठी गइसकेको ठाउँमा पुन पठाउने , जानकारी गराउने काम भइरहेको र सचिवालयले दैनिक रूपमा काम गरिरहेकाे जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page