दाह्री ग्याङले मनायो नवाैं वार्षिकोत्सब
दाह्री ग्याङ’ले नवौं वार्षिकोत्सव मनाएको छ । सामाजिक सञ्जालमार्फत् आबद्ध भएको समूहले मंगलबार नवौं वार्षिकोत्सव मनाएको हो ।

‘दाह्री ग्याङ’ले काठमाडौंमा साइबर सुरक्षासम्बन्धी सचेतना, दन्त परीक्षण, सुलेखन कला कार्यक्रम आयोजना गरेर रचनात्मक रूपमा वार्षिकोत्सव मनाएको संस्थाले जनाएको छ । यस्तै रूपन्देहीमा वृक्षरोपण तथा सन्ध्याकालीन भजनकीर्तन तथा नवलपरासीमा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

पोखराको ‘दाह्री ग्याङ’ले हिमालयन एनिमल रेस्क्यु ट्रस्टमा आवश्यक खाद्यान्न र मेडिकल सामाग्री प्रदान गरी वार्षिकोत्सव मनाएको छ । धनगढीमा सडकका कुकुर तथा चौपायालाई खाद्यान उपलब्ध गराइएको थियो ।
त्यस्तै रोयल जोरायल क्लबसँग मैत्रीपुर्ण फुटसलको आयोजना गरिएको संस्थाले बताएको छ । ‘दाह्री ग्याङ’ झापा र झापा ब्लड डोनर सोसाइटीबीच मैत्रिपूर्ण क्रिकेट प्रतिस्पर्धा भएको थियो ।
दाङको घोराही, सप्तरीको फत्तेपुर, नवलपरासी, मोरङको पथरी शनिश्चरे, दोलखा, गोरखा, कञ्चनपुरलगायत विभिन्न ठाउँमा वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो। देशबाहिर बेलायतको लण्डन र प्रेस्टोनमा पनि कार्यक्रम गरिएको दाह्री ग्याङले बताएको छ
























