काँग्रेसले गरेको कामको प्रचार गर्न कार्यकर्तालाई नेता भट्टराईको आग्रह

काँग्रेसले गरेको कामको प्रचार गर्न कार्यकर्तालाई नेता भट्टराईको आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाली कांग्रेसकै नेतृत्वमा देशमा राजनीति परिवर्तन, जनतालाई अधिकार र विकास प्राप्त भएको बताएका छन् ।नेपाली कांग्रेस वडा नम्बर ११ ले बेलटारीमा बुधबार गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । दलित, महिला, जनजातिलाई अधिकार कांग्रेसले दिलाएको भट्टराईकाे भनाइ थियो ।

वि.सं. २००७ सालमा कांग्रेसकै नेतृत्वमा प्रजातन्त्र आएको स्मरण गर्दै नेता भट्टराईले, प्रजातन्त्रको पुर्नस्थापना, शसस्त्र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र २०६२÷०६३ को आन्दोलनको नेतृत्व कांग्रेसले गरेको बताए । गाउँमा सडक लैजाने, स्वास्थ्य चौकी र विद्यालय खोल्ने काम कांग्रेसले गरेको भन्दै भट्टराईले तनहुँको विकासको सबै कामहरु काँग्रेसबाट भएको दाबी गरे । विकास र समृद्धि काँग्रेसबाटै भएपनि प्रचार हुन नसकेको नेता भट्टराईको गुनासो थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे बिक, नेपाली कांग्रेस तनहुँका सदस्य केशबहादुर सुनार, नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, व्यास नगरपालिका वडा नम्बर ११ वडाध्यक्ष दलबहादुर दुरा, नेपाल दलित संघका केन्द्रीय सदस्य कृष्ण रुचाल, नेपाली कांग्रेस वडा नम्बर ११ का वडाध्यक्ष ल्याप्टेन देवबहादुर थापा लगायतले सबै एक जुट भएर आगामी २०८४ को चुनावमा काँग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्नेमा जोड दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page