१० दिनकाे म्याद थप गरिएका सचिव कुट्ने बन्दिपुरका वडाध्यक्ष गुरूङ ५ दिनमै छुटे
तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष बल वहादुर गुरुङलाई थप अनुसन्धानका लागि १० दिनकाे म्याथ थप गरिएको भए पनि ५ दिनमै छुटेका छन् । सोही वडाका वडा सचिव नवीन भुसाललाई कुटपिट गरेपछि पक्राउ परेका उनलाई १० दिनकाे म्याद थप गरिएको भए पनि हाजिर जमानीमा छाेडिएकाे हाे । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मुद्दा नटुङ्गिएकाे तर हाजिरी जमानीमा छाेडिएकाे बताए । जनप्रतिनिधि लाई लामो समय थुनेर राखेर मात्रै पनि समस्याको समाधान नहुने उनको भनाइ थियो ।

गठवन्धन सरकारकाे दवावले छाेड्नुभएकाे हाे ? भन्ने प्रश्नमा प्रजिअ थापाले त्यस्तो दबाब कतैबाट नआएकाे बताए । बाँके घर भएका वडा सचिव भुसाल तर्फबाट अभद्र व्यवहार मुद्दा दर्ता भएको थियो । कर्मचारी कुटिएकाे बिषयमा जिल्लाका कर्मचारी संघसंगठनले विज्ञप्ति मार्फत बिराेध गर्दै दाेसीलाइ कार्वाहीकाे माग गरेका भए पनि अहिले सचिवलाई न्याय दिन भन्दापनी वडाध्यक्ष छुटाउन तिनै संघसंगठनले राम्रैसँग दाैडधुप गरेको बुझिएको छ । कर्मचारी संगठन , कर्मचारी युनियन लगायतका नेताहरू समेत सचिव कुट्ने वडाध्यक्षले माफी माग्ने र भविस्यमा यस्तो घटना नदाेहाेर्याउने बिषय मुद्दा बनाउन सकेनन् । जसको परिणाम माफी नैं नमागी बिषय सामान्य बनाउने तिर गयो र छुटाउन लागि परे ।
यस सम्बन्धमा घाइते वडा सचिव भुसाल सँग सम्पर्क गरी तपाईंहरू मिल्नुभएकाे हाे ? तपाईले न्याय पाउनुभयो ? भनेर साेध्दा सबै तिरवाट प्रतिशाेधकाे भावना नगराैँ आत्मसम्मानकाे कुराहरू रहन्छ भन्ने कुरा भएको प्रतिक्रिया दिए । घटनामा सचिव भुसालकाे घाँटी र अनुहारकाे भागमा चाेट लागेको र उनलाई बन्दिपुर अस्पतालमा प्रारम्भिक उपचार पश्चात् भरतपुर अस्पतालमा उपचार गरिएको थियो ।
केही दिन अगाडि भएको भलिबल प्रतियोगितामा स्टमेट भन्दा बढीको बिल सचिवले पास नगर्ने बताएपछि वडाअध्यक्षले आक्रमण गरेका थिए ।

यस सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा सँग सम्पर्क गर्दा सबै पक्ष बसेर याे बिषयलाई मिलाउँ भन्ने भए अनुसार मिलाइएको बताए । वडा सचिव भुसालले अब बन्दिपुर बस्न नसक्ने बताएपछि प्रमुख जिल्ला अधिकारीले जिल्लामै कतै काजमा मिलाउने र त्यहाँ अर्को सचिव पठाउने कुरा भएको बताए ।
























