व्यासकाे कार्यपालिका बैठकमा अडियो काण्ड सुनाउन उफर बजाइयाे –!

व्यासकाे कार्यपालिका बैठकमा अडियो काण्ड सुनाउन उफर बजाइयाे –!

ब्यास नगरपालिकाले वडा नं १३ मा खरिद गर्न लागेको जग्गाको बिवाद अख्तियार देखि मन्त्रालय सम्म पुगेपछि यसले हलचल मच्चाएको छ । त्यही विवाद र उजुरीका कारण जग्गा खरिद प्रक्रिया अन्याेलमा परेको मात्रै छैन , बिगत केही दिनदेखि अनलाइन समाचार देखि सामाजिक सञ्जाल तातेकाे छ ।

यही सिलसिलामा व्यास नगरपालिकाकाे कार्यपालिका बैठक ८ गते बिहीबार सम्पन्न भयाे । बैठकमा समेत यही बिषयले ठुलै खैलाबैला भएको बुझिएको छ । बैठकमा जग्गा खरिद प्रक्रियामा सहयोग , असहयोग गर्नेहरूकाे प्राप्त अडियो रेकर्ड उफर बाट सुनाइएकाे थियो । जसले गर्दा बैठक समेत लम्बिएको थियो । अडियो रेकर्डमा वडा नं १३ का केही स्थानीय नेता देखि व्यास नगरपालिकाकै कर्मचारीकाे आवाज सुनिएको थियो । अडियो सुनेपछि बाहिरी टाेलिलाइ केही गर्न नमिलेपनी भित्रका कर्मचारीलाई कारबाही गर्नुपर्ने कुरा उठेको थियो ।

छलफलकै क्रममा पहिलोपटक एक हप्ते स्पस्टिकरण साेध्न प्रमुख प्रशासकिय अधिकृतलाई भन्ने सहमति भएको थियो । यस सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत काशीराम गैर्हेसँग बुझ्दा त्यस्तो केही नभएको बताए । अडियो काण्डमा मुछिएका कर्मचारीलाई एकहप्ते स्पस्टिकरण साेध्नुभयाे ? भन्ने प्रश्नमा उनलेे स्पस्टिकरण साेध्ने सम्बन्धमा खास त्यस्तो केही नआएकाे भन्दै उनले बिषयलाई टारे ।

जग्गा खरिद बिषय अहिले संघीय मन्त्रालयमा उजुरी परेपछि गृहमन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय तनहुँलाई पत्र लेखी सत्यतथ्य बुझेर पठाउन भनिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिकास श्रेष्ठले भएको केहाे सत्यतथ्य बुझेर पठाउन प्रशासनमा पत्र आएकाे जानकारी दिए । प्रशासनले श्रेष्ठकै संयाेजकत्वमा जनप्रतिनिधि र कर्मचारी रहेको एक समिति लाई बिवाद भएको जग्गामा पुगी स्थानीय र सँदियारहरू सँग छलफल गरी बास्तबिक कुरा पठाउन भनेको बताइएको छ । हामी तयार छाैँ , अब जनप्रतिनिधिले कहिले भन्नुहुन्छ त्यही बेलामा जाने उनलेे बताए । त्यसाेत जग्गा खरिद नहुँदै जग्गा खरिदमा अनिमीयता भनेर अख्तियारमा उजुरी यस अगाडि नैं परिसकेको छ । अख्तियारले व्यास नगरपालिकालाई पत्र पठाइ सरसफाई केन्द्रको जग्गा खरिदमा आर्थिक अनियमितता भएको उजूरी दर्ता भएको हूंदा जग्गा खरिदसंग सम्बन्धी कागजात उपलब्ध गराउनूहून भनी पत्र पठाएको नगरपालिका श्राेतले जानकारी दियो ।


नगरपालिकाले अख्तियारलाई पत्र पठाउँदा त्यससँग सम्बन्धित कागजात , हालसम्मका निर्णयहरु राखी अनूमति मागको लागि मन्त्रालय पठाईएको र मन्त्रालयबाट स्वीकृत भै नआएकोले जग्गा खरिद प्रक्रिया अगाडि नबढेको जानकारी अख्तियारमा पठाएको समेत श्राेतले बतायो । मन्त्रालयबाट स्वीकृत भै आएपछि मात्र प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिबाट निर्धारण भएको मूल्यमा खरिद प्रक्रिया अगाडि बढ्ने विषय समेत उल्लेख गरी पठाइएको व्यास नगर श्राेतले बतायो ।

खासगरी नगरपालिकाले फाेहाेर व्यवस्थापनकाे लागि वडा नं १३ स्थित कटन टाेलकाे बिचमा पर्ने युगिन कृषि फार्म प्रालिको नाउमा रहेको जग्गामा फाेहाेर व्यवस्थापन गर्ने भनी जग्गा खरिदका लागि प्रक्रिया अगाडि बढाएको थियो । जसका लागि ०८१ मंसिर २४ गते व्यास १३ का वडाध्यक्ष बसन्त बहादुर आले तथा अन्य जनप्रतिनिधि सहितको राेहबरमा आम भेला गरि सर्जमिन गराइ वडा कार्यालय मार्फत सम्बन्धित निकायलाई बुझाएको जनाइएको थियो ।

उक्त सर्जमिनमा व्यास नगरपालिकाले प्रस्ताव गरेको युगिन कृषि फार्मकाे स्वामित्वको जग्गामा आधुनिक सरसफाइ व्यवस्थापन केन्द्र आयाेजनाकाे लागि सँधियारहरू सँग साेधपुछ हुँदा सरसफाइ व्यवस्थापन केन्द्र आधुनिक विधि प्रविधिहरूकाे प्रयाेग गरेर अवलोकन गर्न याेग्य , नमुना र सफल आयाेजनाकाे रूपमा सञ्चालन गर्नुपर्ने , आयाेजना स्थलकाे कालिमाटी – कुकुरढुंगे माेटरमार्गलाइ कालाेपत्रे गर्नुपर्ने , उक्त क्षेत्रकाे बिकास निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने , शुन्दर , रमणीय र हरियाली पार्क निर्माण गरी उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा बिकास गर्नुपर्ने , वातावरणीय परिक्षण प्रतिवेदनका सुझावहरू पालना गर्दै वातावरणमा नकारात्मक प्रभाव पार्न नहुने गरी प्रस्तावित , आधुनिक , व्यवस्थित र नमुना सरसफाइ व्यवस्थापन केन्द्र निर्माण आयाेजना गर्न सहमति दिने भनिएको थियो ।

गत मंसिर २४ गते अध्यक्ष आलेकाे राेहबरमा भएको सर्जमीन मुचुल्का गरेकाे केही दिनमै उक्त स्थानका मानिसहरू जम्मा भेला भइ उक्त कार्य प्रति असहमति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुस २८ गते उजुरी हालेपछि याे बिषय अन्याेलमा परेको हाे । स्थानीयले मन्त्रालयमा पत्र दर्ता गराउँदै उक्त ठाउँमा सुरुमा नगरपालिकाले नकुहिने फाेहाेर मात्रै पठाउने भनेकोमा पछि झुक्याएर कुहिने पनि शब्द थपेको भन्दै वास्तविक सँधियार र टाेलबासीलाइ थाहा नदिइ झुक्याएर सही गरेर लगेको बताएका छन् । उनिहरूले प्रभावित क्षेत्र भन्दा बाहिरका मानिससँग सर्जमिन गराएको , मानिसका घर घरमा गई बाटो पिच गराउन उपभोक्ता समिति गठन हाे भनी झुक्याएर लगेको , साध नजाेडिएका व्यक्तिहरूलाइ सहि गराएको लगायतका नक्कली काम र मुचुल्का गरि लगेको हुँदा उजुरी हाल्न परेको बताएका छन् । उक्त उजुरीमा टाेलकाे छाप समेत हानिएको छ ।


यस्ताे अवस्थामा फाेहाेर व्यवस्थापन कार्य अगाडि बढाएमा कडा कदम चालिने र त्यहाँ फाेहाेर लान नदिइने समेत उनिहरूले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page