नेशनल लाइफ इन्स्योरेन्सकाे वार्षिकोत्सबकाे अवसरमा आश्रमका जेष्ठ नागरिकलाई सामुहिक भाेजन

नेशनल लाइफ इन्स्योरेन्सकाे वार्षिकोत्सबकाे अवसरमा आश्रमका जेष्ठ नागरिकलाई सामुहिक भाेजन

नेशनल लाइफ इन्स्योरेन्स दमाैली शाखाले ३८ औ वार्षिकोत्सब वृद्धाश्रममा मनाएकाे छ । तनहुँकाे व्यास नगरपालिका वडा नं ५ स्थित मा रहेकाे राष्ट्रिय पराेपकार महासंघ नेपाल द्वारा सञ्चालित आश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएर दमाैली शाखाले वार्षिकोत्सब मनाएकाे हाे ।


सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत अन्यत्र फजुल खर्च गर्नुको सट्टामा ज्येष्ठ नागरिकलाई वैदिक वातावरणमा सात्विक भोजन गराएर खुसी साटासाट सँगै शुभकामना आदानप्रदान गरेर वार्षिकोत्सब मनाइएको नेशनल लाइफ इन्स्योरेन्स दमाैली शाखाका प्रमुख सञ्जय केसीले बताए । सात्विक भाेजन गर्न पाउँदा जेष्ठ नागरिकहरू खुसी भएका थिए ।
उक्त कार्यक्रममा पराेपकार जेष्ठ नागरिक आश्रमका अध्यक्ष तारानाथ घिमिरेले सहयोगी नेशनल लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिएका थिए । तपाईंहरूकाे यस किसिमको सहयोगले जेष्ठ नागरिकहरूमा खुसी त छाउँछ नैं साथै अरू संघसंस्थालाई पनि सहयोगकाे भावनाकाे सन्देश जान्छ घिमिरेले भने । आश्रम यस्तै सहयोगी हातहरूवाट चलेको भन्दै उनलेे फेरिफेरी पनि सहयोग लिएर आउन आग्रह गरेका थिए । उक्त अवसरमा नेशनल लाइफ इन्स्योरेन्स दमाैली शाखाका अभिकर्ता , व्यवसाय प्रवन्धक सिद्धान्त थापा लगायतको सहभागीता रहेको थियो । नेशनल लाइफ इन्स्योरेन्सले आफ्नाे वार्षिकोत्सबकाे अवसरमा यस अगाडि पनि विभिन्न सामाजिक कार्य गर्दै आएकाे छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page