गृह मन्त्रालयकाे कार्यसम्पादन मुल्यांकनमा इलाम अब्बल देखिँदा तनहुँ तेईसाैँ नम्बरमा

गृह मन्त्रालयकाे कार्यसम्पादन मुल्यांकनमा इलाम अब्बल देखिँदा तनहुँ तेईसाैँ नम्बरमा

गृह मन्त्रालयले दोस्रो त्रैमासमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालयको रिर्पोट सार्वजनिक गरेको छ । गृहले हालै सार्वजनिक गरेको कार्यसम्पादन रिर्पोटका आधारमा जिल्ला प्रशासन कार्यालय इलाम सबैभन्दा अब्बल र बाजुरा सबैभन्दा कमजोर देखिँदा तनहुँ १८.८१ अंक प्राप्त गरी तेइसाैँ स्थानमा देखिएको छ ।

गृहले गरेको दोस्रो त्रैमासिक नतिजामा इलाम, रुकुम पश्चिम, पाल्पाले जम्मा १९ दशमलव ५ अंक प्राप्त गर्दै उत्कृष्ट भएका छन् । कूल २० पूर्णांकमा यी जिल्लाले १९ दशमलव ५ अंक प्राप्त गरेका हुन । यस्तै जिल्ला प्रशासन कार्यालय कास्की, रामेछाप, स्याङजा र तेह्रथुम दोस्रो बन्न सफल भएका छन् । यी जिल्लाले समान १९ दशमलव ३७ अंक पाएका छन् ।

यस्तै १९ दशमलव २५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय पर्वत, बागलुङ र मनाङ तेस्रो नम्बरमा पर्न सफल भएका छन् । कञ्चनपुर र चितवनले १९ दशमलव १२, नवलपरासी पूर्व र मकवानपुरले १९ दशमलव ०६ अंक प्राप्त गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page