बन्दीपुरको प्रचार प्रसारको लागि तीन दिने साहित्यकार सम्मेलन हुने

बन्दीपुरको प्रचार प्रसारको लागि तीन दिने साहित्यकार सम्मेलन हुने


पहाडकी रानी उपनामले चिनिएको बन्दीपुरको साहित्यको माध्यमबाट प्रचार प्रसार गर्ने उद्धेश्यले तीन दिने साहित्यकार सम्मेलन हुने भएको छ । गोरखापत्र सस्थान र पदमा पुस्ताकालयको आयोजना फागुन १२ गते देखि १४ गते सम्म गरी तीन दिने साहित्यकार सम्मेलन हुने दमौलीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
साहित्यकार सम्मेलनका संयोजक तथा बन्दीपुर स्थित पदम पुस्तकालय अध्यक्ष सुर्दशन प्रधानले ठाउँ चिनाउनको लागि साहित्यको ठुलो महत्व हुने भएकोले बन्दीपुरको बारेमा साहित्यकारहरुले कलम चलाउन भन्ने उद्धेश्य सम्मेलन गरिएको जानकारी दिनुभयो । प्रधानले भन्नुभयो, देशैभरीका साहित्यकार बन्दीपुर आउन र यसको सुन्दरताको बारेमा लेखुन् भन्ने चाहाना राखेर सम्मेलन गरेका हौं ।’ साहित्यकार लेखेपछि बन्दीपुरमा थप पर्यटक भित्रिने अपेक्षा गरिएको प्रधान बताउनुहुन्छ । प्राकृतिक, सामाजिक र सास्कृति, मौलिक र विविधता बन्दीपुरलाई आँखाले देखेर, कुरा सुनेर र अध्ययन गरेर साहित्य रचना होस् भनेर सम्मेलन गरिएको पदमा पुस्ताकालयका संरक्षक नमस्तेलाल भूमी श्रेष्ठले जानकारी दिनुभयो । राजा महेन्द्र बन्दीपुरको सौन्दर्यताबाट मोहित भएर गीत लेखेको स्मरण गदै उहाँले साहित्यले ठाउँ चिनाउन ठुलो महत्व दिने बताउनुभयो । राजा महेन्द्रले ठाउँ विशेषको बारेमा बन्दीपुर र रारातालको सुन्दरताको मात्रै गीत लेखेको उल्लेख गर्दै श्रेष्ठले भन्नुभयो, ‘‘कथा, गीत कविता निबन्ध लगायतमा बन्दीपुरको बारेमा लेखियोस् भनेर सम्मेलन गरेका हौं ।’’
बन्दीपुरको पर्यटन प्रवद्धनको लागि साहित्यिक पत्रिका गोरखापत्र सस्थानको मधुपर्क मासिकमा ठाउँ विशेषशाङ्क प्रकाशित हुने उत्कृष्ट रचना मधुपर्कमा छापिने पत्रकार सम्मेलनमा जानकारी दिईएको । मधुपर्कले ‘आँखामा मधुपर्क र मनमा बन्दीपुर’ नाम विशेषाङ्क प्रकाशित गर्ने पत्रकार सम्मेलनमा बताईएको थियो । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका निर्बतमान अध्यक्ष तथा गीतकार सागर उदासले साहित्यकारले बन्दीपुरलाई चिनाउने काम गरिहरेको उल्लेख गर्दै यस सम्मेलन थप चिनाउने विश्वास व्यक्त गर्नुभयो । साहित्यको माध्यमबाट प्रचार प्रसार गर्नको लागि बन्दीपुर जस्तै अन्य पर्यटकीय स्थलमा पनि यस्ता कार्यक्रम गरिनु पर्ने बताउनुभयो । गण्डकी वाङ्मय प्रतिष्ठानले तनहुँको व्यास नगरपालिका–५ को मानहुँकोटमा साहित्य सम्मेलन गरेपछि पर्यटकको घुइचो लागेको स्मरण गर्दै साहित्य सम्मेलनको ठुलो महत्सव हुने बताउनुभयो । उदासले भन्नुभयो, मानहुँकोटमा लामो समय सम्म एउटा घडेरी बिक्री भएको थिएन, साहित्यकारहरुलाई पु¥याएपछि खरीद बिक्री भई चहलपहल भएको छ । साहित्यकार सम्मेलनले ऐतिहासिक सिङ्गो बन्दीपुरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा टेवा पुग्ने नेपाली लेखक सङ्घ तनहुँको अध्यक्ष तथा साहित्यकार शङकरराज नहर्की बताउनु हुन्छ । म्याग्दे साहित्य समाजका अध्यक्ष तथा साहित्यकार चन्द्रमणी अधिकारीले बन्दीपुरको इतिहास देखि बर्तमान सम्मका कुरा स्वदेश तथा विदेशमा प्रचार प्रसार गर्न यस सम्मेलनले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार सम्मेलनको प्रायोजक बन्दीपुर गाउँपालिका र सह प्रायोजक कुन्ती स्मृति प्रतिष्ठान रहेको छ । सहयोगी सस्थाहरु क्षेत्रीय होटल सङ्घ बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई, रेवान तनहुँ, बन्दीपुर पर्यटन विकास समिति, प्राकृतिक पर्यावरण संरक्षण मञ्च छन् । यस सम्मेलनले बन्दीपुर भ्रमण वर्ष–२०२५ मा पर्यटक थप वृद्धि हुने अपेक्षा आयोजकको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page