तनहुँ उद्योग बाणिज्य संघको काेशाध्यक्षमा भिमलाल !
तनहुँ उद्योग बाणिज्य संघको काेशाध्यक्षमा भिमलाल श्रेष्ठ चयन भएका छन् । संघको काेशाध्यक्ष पदका लागि भिमलाल सँगै राजेश श्रेष्ठ र प्रकाश हड्खले काे उम्मेदवारी परेकाेमा राजेश र प्रकाशले उम्मेदवारी फिर्ता लिए पछि भिमलाल सर्वसम्मत चयन भएकाे दमाैली बजार इकाईका सभापति सुकनारायण मल्लले जानकारी दिए । काेशाध्यक्ष भएका भिमलाल थर्पु बजार इकाईका निवर्तमान सभापति हुन् ।

संघको यस अगाडि अध्यक्ष र बरिस्ठ उपाध्यक्ष पदमा सर्वसम्मत भइसकेको छ भने प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्षकाे लागि सहमतिको प्रयास जारी रहेको छ ।

























