जिर्ण भएको पाटिको मर्मत गर्न राप्रपा नेता घलेले मागे अनुमति

व्यास नगरपालिका वडा नं ३ देउरालीनगर स्थित दमाैली घाट नजिकै जिर्ण अवस्थामा रहेको पाटिको मर्मतको लागि राप्रपा नेता आइतबहादुर घलेले अनुमती मागेका छन् । पुरानो र एतिहासिक पाटिकाे संरक्षणका लागि आफ्नै व्यक्तिगत खर्चमा मर्मत संभार तथा रंगरोगन गर्ने उद्धेश्यले अनुमति मागेको घलेले बताए ।

दमाैली बजारिकरण हुनु अगाडि निर्मित एतिहासिक पार्टी पाैवा काे इतिहास नै धरापमा परि भत्कने अवस्थामा रहेको देख्दा मनले नमानेर आफ्नैं व्यक्तिगत खर्चमा संरक्षण गर्न नगरपालिका सँग अनुमतिकाे लागि पत्र लेखेको घलेले बताए । राप्रपा व्यास नगर अध्यक्ष समेत रहेका घलेले पाटिकाे स्वरूप नबिग्रने गरि पुरानो शैलिमा नै रंगराेगन गरि संरक्षण गर्न लागेको जानकारी दिए । नगरपालिकाले स्वीकृति दिनासाथ काम अगाडि बढाउने उनले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page