जड्याहाकाे भेषमा देखिने ख्यातिप्राप्त लाेकगायक रविले शुक्लागण्डकी महाेत्सवमा उधुम मच्चाए

जड्याहाकाे भेषमा देखिने ख्यातिप्राप्त लाेकगायक रविले शुक्लागण्डकी महाेत्सवमा उधुम मच्चाए

तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज ख्यातिप्राप्त लाेकदाेहाेरी गायक रवि कार्कीकाे प्रस्तुतिमा दर्शकहरूले भरपुर मनाेरञ्जन लिएका छन् । जड्याहाकाे राेलमा देखिने कार्कीले जामसुस्तै , घुम्तीघुम्ती रोड , माया के रैछ , रेलै सलल ,चरि बासैमा लगायतका गीत गाउँदा दर्शकले भरपुर मनाेरञ्जन लिएका थिए । रविले गीत गाउँदा दर्शकहरूले ताली बजाएर , नाचेर तथा हुटिङ गरेर साथ दिएका थिए । यस्तै उनीसँग सेल्फि एवम् फाेटाे खिच्न दर्शकको लाइननैं लागेको थियो ।

रवि सँगै आएका कुमार पुनकाे बावरी बावरी , सीता परियार , सन्तोष सुवेदी , सुभद्रा श्रेष्ठ लगायतको प्रस्तुतिले दर्शकलाई भरपुर मनाेरञ्जन दिलाएका कलाकार संयाेजक सुमन सापकोटाले बताए । हिजो महाशिवरात्री जस्तै आजपनी दर्शकको बाक्लो उपस्थिति रहेको थियो । पछिल्लो दिनमा दर्शकको भिडभाड बढेपछि आयाेजक समेत खुसी भएका छन् । महाेत्सव मुल संयोजक समुन्द्रराम श्रेष्ठले स्टलहरुमा किनमेलका लागि पनि दर्शहरुको भिडभाड बढेको जानकारी दिए ।
महाेत्सवमा आगामी दिनमा पनि निरन्तर दर्शकहरुको उपस्थिति राम्रो रहने अपेक्षा गरिएको बरिष्ठ उपाध्यक्ष सुमन सापकोटाले बताए । १६ गते पशुपति शर्मा , रेशम निर्दाेष लगायतको प्रस्तुति रहने भएको छ ।


शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयाेजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एवं बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page