बेलचाैताराका इन्स्पेक्टर पाेषणले बनाए कार्यालय परिसरमा आकर्षक प्रतीक्षालय

इलाका प्रहरी कार्यालय बेलचौतारा परिसरमा आगन्तुकका लागि प्रतिक्षालय निर्माण गरिएको छ । नवनिर्मित प्रतिक्षालयको बुधबार इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक पोषण थापाले उदघाटन गरेका छन् ।
करिब २५ जना क्षमताको प्रतिक्षालय निर्माण पछि सेवाग्राहीलाई बस्न सहज हुने अपेक्षा गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

घाम र पानी पर्दाको समयमा सेवाग्राहीले कठिनाई भोग्नुपरेको अवस्थामा अब आउँदा दिनमा त्यस्ता कठिनाई भोग्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको उनलेे बताए । मार्वलसहितको प्रतिक्षालय निर्माणमा करीब रु.चार लाख खर्च भएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । थापाले बेलचाैतारा प्रमुखको जिम्मेवारी सम्हालेयता विभिन्न आन्तरीक तथा वाह्य काममा उल्लेखनीय सुधार गरिरहेका छन् ।

























