मकवानपुर प्रहरी द्वारा लागूऔषध गाँजा र अफिम सहित एक जना पक्राउ

मकवानपुर प्रहरी द्वारा लागूऔषध गाँजा र अफिम सहित एक जना पक्राउ

मकवानपुर प्रहरीले ३१ किलो ५६० ग्राम गाँजा, ६ किलो १६० ग्राम अफिम, र १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले सुमो चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ०९ घर भई हाल काठमाण्डौ का.म.न.पा.वडा नं. १३ पेप्सीकोला बस्ने बर्ष ३८ को लालबहादुर तामाङ लाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरको मनहरी–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा पार्किङ गरिराखेको बा ७ च ७०१८ नम्बरको सुमो चेकजाँच गर्दा सिटमुनि लुकाइ राखिएको लागूऔषध बरामद गरेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page