म्याग्देमा ३ लाख पुरस्कारकाे पालिका स्तरीय फुटबल आजवाट सुरु , पहिलो खेल भिमाद र शुक्लागण्डकी बिच हुने

म्याग्देमा ३ लाख पुरस्कारकाे पालिका स्तरीय फुटबल आजवाट सुरु , पहिलो खेल भिमाद र शुक्लागण्डकी बिच हुने

तनहुँको म्याग्दे गाउँपालिकाले गर्ने गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता आजवाट सुरु हुँदैछ । म्याग्दे ५ छाङ्गपाटनकाे खेलमैदानमा हुने प्रतियोगिताकाे उद्घाटन आज दिउँसो म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गर्ने कार्यक्रम रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु केसीले बताए । यस्तै उद्घाटन पछिकाे पहिलो खेल शुक्लागण्डकी नगरपालिका र भीमाद नगरपालिका बिच हुने केसीले जानकारी दिए ।

‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १६ देखि २६ गतेसम्म वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा प्रतियोगिता हुने भएको हाे । प्रतियोगिताकाे लागि सम्पुर्ण तयारी पूरा भइसकेको छ ।

नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित गराउन फुटबल खेलकाे आयाेजना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । खेलकुदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गरिएको हाे श्रेष्ठले भने ।

फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रु तीन लाख रहेको छ । त्यस्तै द्वितीय पुरस्कार रु एक लाख ५० हजार तथा विजेता र उपविजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने छ ।

साथै सेमिफाइनल पुग्ने दुई टिमलाई रु १५÷१५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

यस्तै जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते वडा नम्बर ४ स्थित व्याडमिन्टन कवर्डहलमा सञ्चालन गरिने भएको छ । उक्त प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५० हजार, दोस्रो हुने टोलीलाई नगद रु ३० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीलाई नगद रु १०÷१० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ

यसैगरि म्याग्दे गाउँपालिका दोस्रो अध्यक्ष कप–२०८१ को रुपमा वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता फागुन ८ गतेदेखि १० गतेसम्म सञ्चालन भइ सम्पन्न भइसकेको छ । प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका सात वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहेकाे थियो । प्रतियोगितामा वडा नं ६ प्रथम भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ८० हजार र दोस्रो हुने टोलीलाई रु ५० हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । पुरुष तथा महिला भलिबलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट व्लकर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएकाे प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । 

उक्त सबै प्रतियोगिता सञ्चालनका लागि म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको लागि रु २० लाख विनियोजन गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page