अध्यक्ष अधिकारी प्रधानसेनापति प्रशंसा निशान पदकबाट विभुषित
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष धनपति अधिकारी (डिपी) ‘प्रधानसेनापति प्रशंसा निशान’ पदकबाट विभूषित भएका छन् । नेपाली सेना दिवसको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलबाट अधिकारी उक्त प्रशंसाबाट विभूषित भएका हुन् ।

पत्रकारिताका माध्यमबाट नेपाली सेनाबाट भएका गतिविधि जनस्तरसम्म पुर्याइ सकारात्मक सन्देश प्रवाहमा बहन गरेको भूमिकाको कदर गर्दै पदक प्रदान गरिएको सेनाले जनाएको छ ।

अध्यक्ष अधिकारी रेडियो बन्दीपुरका स्टेशन म्यानेजर समेत हुन् ।
























