सुरक्षा सचेतना सँगै शैक्षिक सामाग्री सहयोग गर्दै इन्स्पेक्टर सुवेदी नेतृत्वको आँँबुखैरेनी प्रहरी

इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर टेकप्रसाद सुवेदी एकपछि अर्को उत्कृष्ट काम गरि आँफुलाइ अव्वल प्रहरी अधिकृतकाे रूपमा परिभाषित गर्न सफल भएका छन् । उनको काम गराइले राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी संगठन काविल रहेको प्रमाणित गराएको छ । आबुखैरेनी इन्चार्जकाे कमान्ड सम्हाले पछि उनलेे चालेकाे स्टिङ अप्रेसनले उनको अत्याधिक सफलता मात्रै गराएको छैन , प्रहरी संगठनकै गरिमा उकासेको छ ।

सिमित साधनश्रोतका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान र ट्राफिक व्यवस्थापन एंव समग्र शान्ति सुरक्षा कायम गर्दै जिम्मेवारी पुरा गर्न प्रहरी काविल छ भन्ने शन्देश समेत उनको कमाण्डले देखाएको छ ।
इन्स्पेक्टर सुवेदीले समाजमा शान्ति सुरक्षा बहालीका लागि बदलिदो सामाजिक चरित्रलाई सुक्ष्म रुपमा विश्लेषण गर्दै प्रभावकारी काम गरिरहेको आँबुखैरेनीबासी बताउँछन् ।

समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी अधिकृतकाे भुमिका निभाएका उनलेे हरेक दिन जसाे लागुपदार्थ ओसारप्रसार गर्ने ठुलो गिराेहलाइ समाउन सफल हुँदै आएका छन् ।
कार्यालयबाट दिने सेवा प्रवाह छिटो, छरितो र चुस्त बनाउन कार्यालय व्यवस्थापन , पुनर्निर्माण गर्दै आम नागरिकलाइ शान्ति सुरक्षाको पूर्णतः प्रत्याभूति दिलाएका सुवेदीले अपराध अनुसन्धान सँगै इमान्दार र निष्ठापूर्वक काम गरिरहेका छन् । यस्तै प्रहरी—नागरिक साझेदारी मार्फत प्रहरीलाई अझ गतिशील बनाउँदै बदँलिदो समाजमा प्रहरीप्रति नागरिकको विश्वास अझ बढाउने तर्फ उनी लागेका छन् । नागरिकसंगको सहकार्य र हातेमालोबाट प्रहरी संगठनले समाजमा प्रभावकारी उपस्थिति देखाउन सक्ने र आफ्नो छवि उज्जवल बनाउन सक्ने भएकाले नागरिकसंगको सुमधुर सम्बन्धलाई अगाडि बढाएको उनी बताउँछन् ।
पछिल्लो हप्ता मात्रै उनकै नेतृत्वको टाेलीले लागुपदार्थ ओसारपसार गर्ने तथा प्रयाेगकर्ताहरूलाइ पक्राउ गर्ने , बढ्दो सवारी दुर्घटना न्युनिकरणकाे लागि सचेतना जगाउने , बनजंगलमा हुने आगलागी नियन्त्रण तथा राेकथाम सम्बन्धि सचेतना जगाउने लगायतका काम गर्दै आएकाे छ ।
प्रमुख सुवेदी टाेलीले हिजो मात्रै आँबुखैरेनी गाउँपालिका वडा नं. १ बरादी स्थित रहेको एभरेष्ट लर्निङ एकेडेमी वाल गृहमा रहेका १६ जना बालकहरुको शैक्षिक पक्षको उन्नयनका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । कार्यालय प्रमुख सुवेदी सहितको टोली उक्त बाल गृहमा खटी गई शैक्षिक तथा खेलकुद सामाग्रीहरु हस्तान्तरण कार्यक्रम गरेको जनाइएको छ ।
























