तनहुँमा सिङ्गुसले टाेकेर ३ जना घाइते

तनहुँमा सिङ्गुसले टाेकेर ३ जना घाइते


तनहुँमा सिङ्गुसले टाेकेर ३ जना घाइते भएका छन् । व्यास १३ स्थित छाब्दी खाेला नजिकै बाटोमा हिँडिरहेका मानिसलाई अकस्मात् सिङ्गुसले टाेकेकाे थियो ।

सिङ्गुसले टाेकेर व्यास १३ कि गीता वास्ताेला , व्यास १ का रमेशकुमार श्रेष्ठ र व्यास १३ का शिव पन्त घाइते भएका छन् । सिङ्गुसले टाेकेर बिरामी भएका तिनैजनालाइ दमाैली अस्पतालमा उपचारका लागि ल्याइएको छ । सिङ्गुसले टाेकेकाे ठाउँमा स्थानीयलाई जान दिइएको छैन । अहिले पनि त्यस ठाउँ वरपर सिङ्गुस उँडिरहेकाे स्थानीयले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page