श्रीमानकाे काजकिरियामा बसेकी व्यासकी १८ दिनको सुत्केरी जमुनालाई ७२ हजार सहयोग
तनहुँकाे व्यास नगरपालिका वडा नं १० का ३२ वर्षीय विशाल पण्डित क्षेत्रीकाे फागुन १० गते अकस्मात् मृत्युु भए पछि परिवारमा विचल्ली भएको छ । उनको रातिको समयमा घरमा जाने क्रममा लडेर खाल्डोमा परी मृत्यु भएको थियो । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको स्वर्गीय विशालकाे घरमा १८ दिनकी सुत्केरी श्रीमती सहित ४ वटा छाेराछाेरी र ७५ वर्षकी बुढी आमा छन् ।

घरको कमाउने मुख्य सदस्यकाे मृत्यु भए पछि उनको घरमा विचल्ली भएको छ । उनको मृत्यु पश्चात् ८ वर्षीय ठुलो छाेराले दागबत्ती दिएका छन् भने १८ दिनकी श्रीमती किरिया बसेकी छन् । आम्दानिकाे श्राेत नहुनु , आर्थिक अवस्था अत्यन्तै कमजोर हुनु , घरमा रेखदेख , हेरविचार गर्ने मान्छे नहुनु लगायतका कारणले अहिले परिवारजन चिन्तित छन् । साेही बिषयमा तनहुँ प्रेसले समाचार प्रकाशन गरेपछि सहयोग जुट्ने क्रम सुरु भएको छ । अहिलेसम्म स्वदेश तथा विदेशबाट गरि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट ७२ हजार नगद संकलन भएको छ ।

स्थानीय छिमेकी सीता पहारीका अनुसार बुढिआमाकाे हेरविचार , ससाना छाेराछाेरीकाे रेखदेख , सुत्केरीको स्याहारसुसार गाउँलेकाे सहायता बाट भइरहेको अवस्थामा अहिले अन्य सहयोगी व्यक्तिहरूबाट पनि नगद सहयोग प्राप्त भएको हाे ।
























