शुक्लागण्डकीमा भएको भलिबल फाइनलमा शुक्लागण्डकी र बौदीकाली भिड्ने

शुक्लागण्डकीमा भएको भलिबल फाइनलमा शुक्लागण्डकी र बौदीकाली भिड्ने

चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा जारी गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा तनहुँको शुक्लागण्डकी नगरपालिका र नवपलपुरको बौदीकाली भिड्ने भएका छन् ।

सोमवार भएको सेमिफाइनलमा शुक्लागण्डकीले हरिनाशलाई ३–१ को सेटले पराजित गर्दै शुक्लागण्डकीले फाइनलको यात्रा सुरक्षित गरेको हो । यसैगरी बौदीकालीले स्याङ्जाको पुतलीबजार नगरपालिकालाई ३–१ को सेटमा हराउदै फाइनलमा शुक्लागण्डकीसँगको भेट पक्का गरेको हो । फाइनल खेल मंगलवार हुने छ । मंगलवार विहान ८ बजेपछि तेस्रो र चौथोकाे लागि स्याङ्जाका दुई पालिका पुतलीबजार र हरिनाशबीच खेल हुने
खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए । यसपछि फाइनल खेल हुने छ ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख रुपैया, द्धितीयले १ लाख रुपैया, तृतीयले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने संयोजक घिमिरले बताए । प्रतियोगितामा १३ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सेटर, डिफेन्डर, ब्लकर, कोच र सर्भरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव मंगलवार सकिदै छ । वडा नं. ५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page