सुनचाँदी व्यवसायी गण्डकी प्रदेशकाे काेशाध्यक्षमा तनहुँका शदाशंकर:


नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तनहुँबाट काेशाध्यक्ष सहित ३ जना लाई सर्वसम्मत निर्वाचित गरेको छ ।

जसअनुसार समितिकाे काेशाध्यक्षमा दमाैलीका युवा व्यवसायी पुर्ण शदाशंकर तथा सदस्यहरूमा विकास शदाशंकर र गोवर्धन रसाईली रहेका छन् ।
समितिकाे अध्यक्षमा भने चन्द्रकिशाेर गाैतम निर्वाचित भएका थिए ।
अधिवेशनकाे नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष मोहन सुनारले उद्घाटन गरेका थिए ।





































