भानुमा भएको जनप्रतिनिधि र कर्मचारी बिचको मैत्रीपुर्ण खेल सम्पन्न:

भानुमा भएको जनप्रतिनिधि र कर्मचारी बिचको मैत्रीपुर्ण खेल सम्पन्न:

तनहुँकाे भानु नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपुर्ण खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ ।

यही चैत्र २ र ३ गते भएको प्रतियोगिताको नतिजा अनुसार पुरूष व्याडमिन्टन (डबल) प्रतियोगिता तर्फ प्रथम: कर्मचारीको टिम पाण्डब ढकाल र जितेन्द्र श्रेष्ठ , द्वितीय : कर्मचारीको टिम सुनिल पाण्डे र सुशील पण्डित भएका छन् ।
यस्तै महिला भलिबल तर्फ प्रथम: महिला कर्मचारीको टिम द्वितीय : महिला जनप्रतिनिधिको टिम भएका छन् भने उत्कृष्ट खेलाडीमा बिमला कुमाल, भानु सा. सि. केन्द्र भानु १ रहेका छन् ।

यस्तै प्रतियोगितामा पुरूष भलिबल तर्फ प्रथम: जनप्रतिनिधिको टिम , द्वितीय : कर्मचारीको टिम ,उत्कृष्ट खेलाडी: मिनबहादुर गुरूङ वडाध्यक्ष, भानु ९ भएको भानु नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा म्युजिकल चेयर(महिला) तर्फ
प्रथम: कान्छिमाया तामाङ, वडाध्यक्ष भानु १
द्वितीय : मिनाकुमारी श्रेष्ठ, वडा सदस्य भानु २ भएका छन् ।

खेलकुद प्रतियोगितालाई सफलतापुर्बक सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्ण जनप्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, इलाका प्रहरी कार्यालय भानु, होमराज लोहनी शारदा शिक्षा सदन मावि भानु २ नारेश्वरटार , नगरस्तरीय खेलकुद विकास समितिका पदाधिकारीहरू, सञ्चारकर्मीहरू तथा खेल सम्बद्ध नागरिक समाज लगायत सबै प्रति भानु नगरपालिकाले हार्दिक धन्यवाद र आभार प्रकट गरेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page