शुक्लागण्डकीलाई पराजित गर्दै म्याग्दे तीन लाख पुरस्कारको फुटबलको फाइनलमा

शुक्लागण्डकीलाई पराजित गर्दै म्याग्दे तीन लाख पुरस्कारको फुटबलको फाइनलमा

तनहुँको म्याग्दे गाउँपालिकाकाे आयाेजनामा भइरहेको गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताकाे फाइनलमा म्याग्दे गाउँपालिका पुग्न सफल भएको छ । मंगलबार भएकाे पहिलो सेमीफाइनल खेलमा म्याग्दे गाउँपालिकाले शुक्लागण्डकी नगरपालिका लाई पेनाल्टीमा पराजित गरेसँगै म्याग्दे फाइनलमा पुगेको हाे । अब बन्दिपुर गाउँपालिका र दोर्दी गाउँपालिका बिचकाे अर्को सेमिफाइनल खेलमा बिजेता हुने टिमसँग म्याग्देकाे फाइनलमा भेट हुने भएको म्याग्दे गापा शिक्षा शाखा प्रमुख बिष्णु केसीले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार रु तीन लाख रहेको छ भने द्वितीय पुरस्कार रु एक लाख ५० हजार तथा विजेता र उपविजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । साथै सेमिफाइनल पुग्ने दुई टिमलाई रु १५÷१५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित गराउन तथा खेलकुदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १६ देखि वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा प्रतियोगिता भएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page