डुम्रे महाेत्सवमा श्याम रानाले उधुम मच्चाए

डुम्रे महाेत्सवमा श्याम रानाले उधुम मच्चाए

फागुन २१ गतेदेखि सुरु चाैँथाे डुम्रे महाेत्सवकाे दाेस्राे दिन आज राष्ट्रिय ख्यातिप्राप्त कलाकार श्याम रानाले स्टेज तताएका छन् । रानाले करिब आधा दर्जन लाेकगीत र दाेहाेरी गीत गाउँदै स्टेज तताएका हुन् । गायक रानाले गीत गाउँदा दर्शकहरूले नाच्दै , ताली बजाउँदै भरपुर मनाेरञ्जन लिएका थिए । यस्तै महाेत्सवमा प्रतिष्ठानका पुर्व अध्यक्ष अम्मर बिरही गुरूङ , वर्तमान अध्यक्ष रिता थापा मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले दर्शकलाई भरपुर मनाेरञ्जन दिएको कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए । संयाेजक श्रेष्ठका अनुसार सुक्रवार महाेत्सवमा सिम्रन परियार र राजेश वर्देवा लगायतका कलाकारहरू आउने छन् ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ ।

महाेत्सवमा याम्पाकाे ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयाेजकले निशुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाकाे लाभ लिएका छन् । याम्पा दूध र तरकारीको हब हाे , त्यहाँका उत्पादनलाई बजारीकरण गर्न महाेत्सवले सघाउने गरि व्यवस्थापन मिलाएका छाैँ महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले भने ।

यस्तै महाेत्सवमा बाख्राकाे चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिएकाे महाेत्सव स्टल समिति संयाेजक राम जाेशीेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page