बच्चालाई पनियाेले डाम्ने मिस १ लाख २० हजार र पनियाे तताउने राना ६० हजार धराैटिमा रिहा
तनहुँकाे भिमाद स्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी बाेडिङ स्कुलका बिद्यार्थीलाई तातो पनियाेले डामेकी मिस एक लाख २० हजार धराैटिमा रिहा भएकी छन् । २१ दिन थुनिए पछि प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठकाे छाेरी बिद्यालयमै कार्यरत मिस सुष्मा श्रेष्ठ उक्त रकम धराैटि राखेर रिहा भएकी हुन् ।

बच्चाहरुले हल्ला गरेको र त्यही बिचमा एकजना बच्चाले काली भन्दिएकाे भन्दै पनियाे तताएर डामेकाे घाइते बिद्यार्थीका अभिभावकले बताएपछि उनलाई पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय बेलचाैताराका इन्स्पेक्टर पाेषण थापाका अनुसार उक्त घटनाको मतियारकाे रूपमा मिसलाइ पनियाे तताएर दिने कमला राना समेत पक्राउ परेकी थिइन् । पक्राउ परेकी राना पनि ६० हजार धराैटिमा रिहा भएकी छन् ।

उक्त घटनामा कक्षा ४ मा पढ्ने प्रमिस परियार लगायत ४ जना घाइते भएका थिए । त्यही बिषयमा घाइते प्रमिसका हजुरबुबा अर्पान सिर्जन घलेले घाइते बच्चाहरूकाे फाेटाे सार्वजनिक गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका थिए । उनी लगायतको बाल अधिकारकर्मीहरूले बालकलाई यातना दिनेहरूलाइ कडा कारबाहीको माग गर्दै आएका थिए ।
























