स्वास्थ्य बीमा बाेर्डकाे कार्यकारी निर्देशकमा तनहुँका काफ्ले सहित ३ जना
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।

कार्यकारी निर्देशक नियुक्तिका लागि तनहुँका डाक्टर रघुराज काफ्ले सहित कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो । सम्भवत: अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको यो प्रस्तावलाई निर्णय गर्नेछ ।

























