व्यास नगर अडियो काण्ड – तपाईंलाई कारबाही किन नगर्ने ? हाम्रो स्वर हाेइन

व्यास नगर अडियो काण्ड – तपाईंलाई कारबाही किन नगर्ने ? हाम्रो स्वर हाेइन


व्यास नगरपालिकाका केही कर्मचारीकाे अडियो काण्डले केही दिनदेखि व्यास नगरपालिकामा सरगर्मी बढेको छ । नगरपालिकाले फाेहाेरमैला व्यवस्थापनकाे लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउँदै गर्दा बाहिरिएको अडियोले सरगर्मी बढेको हाे । अडियो काण्ड सँगै जग्गा खरिद प्रक्रिया बिवादले उग्र रूप लिएको छ ।


यसैबीच बिवादमा तानिएका नगरपालिकाका चारजना कर्मचारीलाई एकहप्ते स्पस्टिकरण साेधेकाे समयसीमा पूरा भएको दिन चारैजना कर्मचारीले आइतबार स्पस्टिकरण बुझाएका छन् । उनिहरूले आइतबार बुझाएको स्पस्टिकरणमा आफ्नाे स्वर अडियोकाे नभएको बताएका एक वडाअध्यक्षले बताए । हाम्रो स्वर हैन भन्ने मनसायकाे तिनजनाकाे र एकजनाको फरक खालको स्पस्टिकरण आएकाे ती वडाध्यक्षले बताए । फरक खालको र घटनाको बारेमा स्विकारेर माफी मागेकाले कुसेश्वर गुरूङलाइ निलम्बन फुकुवा गर्ने निर्णय भएको समेत उनलेे बताए ।

कर्मचारीले स्पस्टिकरण बुझाएपछि थप के गर्ने भन्ने सम्बन्धमा साेमबार बिहान कार्यपालिकाकाे बैठक बसेकाे थियो । बैठकमा कर्मचारीले बुझाएको स्पस्टिकरणका सम्बन्धमा छलफल भएको र चित्तबुझ्दो नभएकोले थप सात दिने स्पस्टिकरण साेध्ने निर्णय भएको ब्यास नगरपालिकाका प्रवक्ता सुरेश थापाले बताए । वरिष्ठ आन्तरिक लेखा परीक्षण [आलेप] अधिकृत कुमार कन्चन जिसी , स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेती , सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र कुशेस्वर गुरूङ मध्ये गुरूङ बाहेक तीनजनालाई थप सातदिने स्पस्टिकरण साेध्ने निर्णय भएको हाे । नगरपालिकाका कर्मचारी भएर नगरकाे हित बिपरितका गतिविधि गरेको अडियो सार्वजनिक भएपछि तपाईंलाई किन कारबाही नगर्ने ? अडियोमा भएको स्वर हैन भन्ने आधार के छ ? लगायतका बिषयमा थप स्पस्टिकरण साेधिएकाे छ । बिवादमा तानिएका र स्पस्टिकरण साेध्दै निलम्बनमा राखिएका चारजना लाई सेवासुविधा तथा जिम्मेवारी वाट हाल हटाइएको छ ।

वडा नम्बर १३ मा गर्न लागेको सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिदमा नगरपालिकाकै कर्मचारीले चलखेल गरेको खुलासा भएपछि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले दाेसि देखिए जाेसुकैलाइ पनि कारबाही गर्ने बताइसकेका छन् ।

यही बिषयलाई लिएर केही दिन अगाडि नगरपालिका भएको पत्रकार सम्मेलनमा सरसफाइ जग्गा व्यवस्थापन समितिका संयोजक तथा व्यास नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष वसन्तबहादुर आलेले अडियो सार्वजनिक गरेका थिए । नपाका वरिष्ठ आन्तरिक लेखा परीक्षण [आलेप] अधिकृत कुमार कन्चन जिसीले ५० लाख रुपियाँ घुस रकम पाए मात्रै काम पूरा हुने गोप्य अडियो रेकर्ड सुनाइएको थियो । रकम नपाएको अवस्थामा ईश्वर पन्थको फर्मको नाममा रहेको सो जग्गालाई बैङ्कबाट लिलाम गराई सस्तोमा खरिद गरी रिसाेर्ट सञ्चालन गर्न सकिने, आश्रम तथा जग्गा प्लटिङ गरी घर निर्माण गरी बिक्री गरी नाफा कमाउन सकिने अडियोमा छ ।  सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरे, जग्गा दलालीले गरेको षडयन्त्र, अधिवक्ता विश्व बास्ताेलाले कानुनी परामर्श दिएको अडियो सार्वजनिक गरिएको थियो भने तलमाथि भएमा नगरपालिकामा आगाे बल्ने साेतीले बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page