डुम्रे महाेत्सवकाे अर्गानिक काेदाेकाे म:म मा ग्राहकको आकर्षण !

डुम्रे महाेत्सवकाे अर्गानिक काेदाेकाे म:म मा ग्राहकको आकर्षण !

डुम्रे महोत्सवमा अर्गानिक कोदोको मःम, सेलरोटी र परौठामा ग्राहकको आकर्षण बढेको छ । अनुग्रह कृषि तथा पशु फर्म भानु नगरपालिका २ ले महोत्सवमा राखेको कोदोको सेलरोटी, कोदोको मःम र कोदोको परौठामा दिनदिनै ग्राहकको आकर्षण बढ्‌दै गएको हो ।


भानु घर भएकी स्टल सञ्चालिका रोमी तामाङले पहिलो दिनहरूमा भन्दा अहिले ग्राहक बढ्‌दै गएको बताइन् । अर्गानिक कोदो, अर्गानिक कफी तथा च्याउ र केराका परिकार लगायतका चिजहरू समेत बिक्री गरेको उनले जानकारी दिईन् ।
भानु नगरपालिकाको सहयोगमा अनुग्रह कृषि फार्मले महोत्सवमा कोदोको मम बनाइ बिक्री वितरण गरेको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page