मेयर त्रिपाठी द्वारा विभिन्न याेजना पेश सहित मन्त्री मनाङेलाइ बधाई:

मेयर त्रिपाठी द्वारा विभिन्न याेजना पेश सहित मन्त्री मनाङेलाइ बधाई:

गण्डकी प्रदेश भौतिक पूर्वाधार व्यबस्था तथा यातायात मन्त्री राजिव गुरूङ (दिपक मनाङे ) लाई भानु नगर पालिकाका प्रमुख आनन्द राज त्रिपाठीले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । मेयर त्रिपाठीले मन्त्रालयको महत्वपूर्ण जिम्मेवारीको लागि भेटेरै बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

साथै मन्त्री मनाङे समक्ष भानु नगरपालिकामा नगरवासीलाई सहज यातायात पहुँचको लागि विभिन्न मोटरमार्गको स्टारोन्नतिको लागि डीपीआर सहितको योजना पेश गरेकाे उनको सचिवालयले जनाएको छ ।

यस्तै नगर प्रमुख त्रिपाठीले गण्डकी प्रदेश मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे संग भेट गरि आ.व.०८१/०८२ को लागि विभिन्न योजना कार्यक्रममा आवश्यक बजेट विनियोजनको लागि योजना पेश गरेका छन् ।

यस्तै उनलेे अर्थ मन्त्रालयका मन्त्री जित प्रकाश आले एवम् उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्रालय र पर्यटन बोर्डमा भानुका पर्यटन विकाशको लागि योजना तथा कार्यक्रम पेश गरि आवश्यक बजेट विनियोजनको लागि माग गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page