तनहुँका ओझा युएनआईपि नेपाल च्याप्टरको प्रेस समिति संयोजकमा मनोनित:

तनहुँकाे व्यास नगरपालिका वडा नं ५ का सरोज ओझा युनाईटेड नेचर इन्टरनेशनल पिस (युएनआईपि) नेपाल च्याप्टरको हालै नवगठित संस्थापन कार्यसमितिमा प्रेस तथा प्रकाशन समिति संयोजक मनोनित भएका छन् । संस्थाका राष्ट्रिय अध्यक्ष भिक्षु डा. राजु लामा पि कन्दन एवम् राष्ट्रिय उपाध्यक्ष प्रल्हाद दाहालको सिफारिसमा ओझा
युनाईटेड नेचर इन्टरनेशनल पिस (युएनआईपि) मुख्यालयले उक्त जिम्मेवारी तोकेको हो । यसै माझ गत शनिवार उनले नेपाल च्याप्टर समुदघाटन कार्यक्रम माझ युएनआईपिका संस्थापक अध्यक्ष वाई डालियन नविनथिरा र महासचिव डि एन जेरिनाद्वारा हस्ताक्षरित प्रमाणपत्र ग्रहण गरेका छन् ।

‘युनाइटेड नेचर इन्टरनेशनल पिस, संयुक्त राष्ट«« संघ र युएनडेसमा आबद्ध एक अन्तरराष्ट्रिय सामाजिक संस्था हो । एक दशक अघि श्रीलंकामा स्थापना भएको यस संस्थाको अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय क्यानाडामा रहेको छ भने यसका च्याप्टरहरु अमेरिका, क्यानाडा, भारत, बंगलादेश र केही अफ्रिकी देशहरुमा पनि स्थापना भैसकेको छ’ ओझाले भने ।

यस अन्तरराष्ट्रिय संस्थाको मुख्य उद्देश्य विश्वलाई एकताबद्ध गरी एउटै परिवारमा अगाडि बढाउने, अशान्ति हटाउने, विश्वमा शान्ति कायम गर्ने, सबैलाई सुखी र समृद्ध बनाउन सहयोग गर्ने, सबै बीच भाइचाराको सम्बन्ध स्थापना गर्ने तथा शान्ति स्थापना गर्ने रहेको पनि ओझाले जानकारी दिए ।
काे हुन ओझा
सरोज ओझाको जन्म तनहुँको साँगेमा भएको हो । उनको बाल्यकाल दमौली चापाघाटमा बितेको थियो । उच्च शिक्षाका लागि २ दशक अघि राजधानी पुगेका ओझा विगत १८ बर्षदेखी संचार क्षेत्रमा सकृय छन् । ओझा नेपाल टेलिभिजन समाचार च्यानलमा प्रसारण हुने कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक साथै राज्यदैनिक डटकमका कार्यकारी अध्यक्षमा रहेका छन् । त्यसो त उनि राज्य मिडिया नेटवर्क र ग्लोरी मिडियाका अध्यक्ष समेत हुन् ।
त्यसैगरि उनी नेपाल पत्रकार महासंघको संस्थापक एशोसियट सदस्य एभरेष्ट प्रेस क्लबका महासचिव हुन् । पत्रकारितामा बहुआयामिक छवि निर्माण गरेका ओझाले टेलिभिजन तर्फ बाल कार्यक्रम देखी रियालिटी शोसम्म गरि कुल ८ कार्यक्रम निर्माण तथा निर्देशन गरेका छन् भने आर्थिक बिटको पत्रिका तथा अनलाईनमा समेत सम्पादक भएर कार्य गरेका छन् । यस बाहेक उनले सय भन्दा बढि भिडियो डकुमेन्ट्रिमा लेखन तथा निर्देशन, आधा दर्जन जति पुस्तक तथा प्रकाशनहरुमा सम्पादक, केही संस्थाहरुमा संचार विज्ञ र सल्लाहकार भई कार्यभार सम्हालेका छन् ।
उनले फिल्म अवार्ड तथा अन्य प्रतियोगितात्मक शोहरुमा निर्णायकको भूमिका समेत निभाउदै आएका छन् । ओझा अध्यक्ष रहेकाे राज्य मिडिया नेटवर्क एपिवान टेलिभिजनमा प्रसारणमा आउन लागेको रियालिटी शो र्याप ब्याटल नेपालको सह आयोजक हो भने फेसन डिजाईनरहरुको महाकुम्भ मानिने द नेशनल डिजाईनर रनवेको आयोजक कम्पनी हो ।
ओझाले यस माझमा भारतको मुम्बईमा दादा साहेब फाल्के अवार्ड, लखनउमा युपिएए अवार्ड र वर्ल्ड हुमेनिटेरियन अवार्ड, नयाँ दिल्लीमा महात्मा गान्धी गेस्ट अफ अनर र इजिप्टको एलेक्जेंड्रियामा एमएसएन एक्सिलेन्स अवार्ड, काठमाडौंमा टानबाट टुरिजम अवार्ड प्राप्त गरेका छन् भने नेपाल टेलिभिजनबाट ३६ औ वार्षिकोत्सव समारोह माझ सम्मानित भएका छन् । निर्वाचन आयोग, ललितपुर चेम्बर अफ कमर्स, निर्यात व्यवसायी महासंघ आदीले उनको कामको प्रशंसा गर्दै कदर गरेका छन् ।




































