डुम्रे महाेत्सवमा आज चर्चित गायक रमेशराज भट्टराई सहित रेनुका , सुभाष र सीता आउने
तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सवमा हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारले मनाेरञ्जन दिइरहेका छन् । महाेत्सवमा आज गायक रमेशराज भट्टराई , रेनुका भट्टराई , सुभाष गुरुङ , सीता विसी लगायतका कलाकारहरू आउने महाेत्सवका कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए । उनिहरू सँगै अन्य स्थानीय कलाकारले महाेत्सवमा मनाेरञ्जन दिने श्रेष्ठले जानकारी दिए ।
महाेत्सवमा साेमबार चर्चित गायिका रचना रिमालले भरपुर मनाेरञ्जन दिएको कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए । गायिका रिमालले करिब आधा दर्जन गीत गाउँदै स्टेज तताएकी थिइन् । यस्तै महाेत्सवमा खुला दाेहाेरी प्रतियोगिता समेत भइरहेको छ । महाेत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । यस्तै आयाेजकले महाेत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशकाे व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महाेत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयाेजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हाे । यस्तै महाेत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महाेत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महाेत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा पास पनि निशुल्क छुट्याइएको पियाले जानकारी दिए ।

यस्तै महाेत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट , एनटिसिकाे सिमकार्ड फ्री लगायतका सुविधा हरू समेत व्यवस्था मिलाइएकाे छ । दर्शकहरूकाे सेवा सुविधालाई ध्यानमा राखी सिम फ्री मा दिन थालिएको महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । यस्तै महाेत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् । महाेत्सवकाे टिकटमा बन्दिपुर केवलकार जान ३५% छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत , स्काइलिङ , जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएकाे छ ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।
























