स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँका डा.काफ्ले

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँका डा.काफ्ले

तनहुँकाे व्यासका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकमा सिफारिस समितिको सुझावका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा डा. वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
कार्यकारी निर्देशक नियुक्तिका लागि काफ्ले सहित कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिस भएको थियो ।

मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनको मस्यौदामा डा. काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसअघि डा. काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएका थिए ।

डा. काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा लामो समय वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् ।अर्थशास्त्रमा विद्यावारिधी डा.काप्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page