म्याग्दे गाउँपालिका द्वारा विमला विक लगायतका राष्ट्रिय खेलाडीलाई सम्मान

म्याग्दे गाउँपालिका द्वारा विमला विक लगायतका राष्ट्रिय खेलाडीलाई सम्मान

तनहुँकाे म्याग्दे गाउँपालिकाले पालिका भित्र घर भइ राष्ट्रिय टिमबाट खेल खेल्ने खेलाडीलाई सम्मान गरेको छ । पालिकाकाे स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा गाउँपालिकाले ती खेलाडीलाई बधाई तथा सम्मान गरेको हाे । सम्मानित हुनेहरूमा राष्ट्रिय महिला फुटबल टिमका खेलाडी विमला विक , मनाङ मर्स्याङ्दी क्लवबाट खेल्ने निरञ्जन मल्ल र ब्रिगेड व्वाइजबाट खेल्ने विशाल नेपाली रहेका छन् ।

खेलाडीहरूलाइ कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारी , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले सहित म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रिप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , निवर्तमान अध्यक्ष मायादेवी राना , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले सम्मान गरेका हुन् ।

गाउँपालिकाले नेपालको राष्ट्रिय महिला फुटबल टिममा रही फुटबल खेलमा उल्लेखनीय योगदान पुऱ्याई गाउँपालिका र राष्ट्रको गौरव बढाकोमा म्याग्दे गाउँपालिका वडा नं. ६ निवासी विमला बि.क. लगायतलाई हार्दिक बधाईका साथ सम्मानपत्रले सम्मान गरिएको शिक्षा शाखा प्रमुख बिष्णु केसीले बताए ।

खेलाडीकाे अथक मेहनत, समर्पण र खेलकुदप्रतिको लगाव प्रशंसनीय छ । भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको शान उच्च बनाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं सम्मानपत्रमा भनिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page