म्याग्दे गाउँपालिका स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

म्याग्दे गाउँपालिका स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

तनहुँको म्याग्दे गाउँपालिकाकाे आयाेजनामा भएकाे गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताकाे उपाधि आयाेजक म्याग्दे गाउँपालिकाले जितेको छ । लमजुङको दाेर्दी गाउँपालिकालाइ पेनाल्टीमा पराजित गर्दै म्याग्देले उपाधि जितेको हाे । प्रतियोगितामा प्रथम भए सँगै म्याग्देले तीन लाख पुरस्कार पाएकाे छ भने द्धितीय भएको दाेर्दी गाउँपालिकाले रु एक लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेकाे छ । प्रतियोगितामा प्रथम तथा द्धितीय हुने टिमलाई म्याग्दे गाउँपालिका स्थापना दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले पुरस्कार वितरण गरेका छन् ।

उक्त अवसरमा प्रमुख अतिथि अधिकारीले स्थानीय तहमा बिकासले फड्को मारेको बताए । पञ्चायतकालमा साइकल चल्ने बाटो नभएको ठाउँमा अहिले ठुलाठुला सडक निर्माण भएको मात्रै हाेइन पुर्वाधार निर्माणले समेत फड्को मारेको उनलेे बताए । गणतन्त्र , लाेकतन्त्र पश्चातकाे याे सुन्दर फुलबारीमा जनताको चाहना र आवस्यकता कैयौं पूरा हुँदै गएको र अझै धेरै गर्न बाँकी रहेको उनकाे भनाइ थियो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा भलिबल , बास्केटबल लगायतका खेलमा बिजयी टिमलाई समेत पुरस्कार वितरण गरिएको थियो । यस्तै उक्त अवसरमा तनहुँ म्याग्दे घर भइ राष्ट्रिय महिला फुटबल टिमका खेलाडी विमला विक , मनाङ मर्स्याङ्दी क्लवबाट खेल्ने निरञ्जन मल्ल र ब्रिगेड व्वाइजबाट खेल्ने विशाल नेपालीलाई सम्मान गरिएको थियो ।

लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित गराउन तथा खेलकुदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १६ देखि वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा प्रतियोगिता भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले , गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , निवर्तमान अध्यक्ष मायादेवी राना , प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारी लगायतका जनप्रतिनिधि , राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिले स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page