ऋषिङ गाउँपालिकाकाे स्थापना दिवस बिविध कार्यक्रम गरी मनाइयो

तनहुँकाे ऋषिङ गाउँपालिकाले बिविध कार्यक्रम गरि स्थापना दिवस मनाएकाे छ । पालिकाले स्थापना दिवसको अवसरमा मंगलबार स्थानीय कला संस्कृति झाँक्री प्रदर्शनी सहित विभिन्न व्यक्तिहरूलाइ सम्मान गर्नुका साथै कृषि प्रदर्शनी समेत गरेर स्थापना दिवस मनाएकाे हाे ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्दै स्थानीय तह गठन पश्चात् बिकासले फड्को मारेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि मुस्ताङ जिल्लाका घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन, बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, ऋषिङ गाउँपालिका उपाध्यक्ष गिनु माया थापा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उक्त अवसरमा पालिका स्तरीय कृषि प्रर्दशनी प्रतियोगिताको आयोजना समेत गरिएको थियो । सो अवसरमा उत्कृष्ट कृषक, खेलाडी, विद्यार्थी तथा शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि आले ,गाउँपालिकाका अध्यक्ष श्रेष्ठ लगायतले सम्मान गरेका थिए ।
























