शेखर समुहको ने वि संघ तनहुँको समानान्तर समिति विघटन

शेखर समुहको ने वि संघ तनहुँको समानान्तर समिति विघटन


नेपाल विद्यार्थी संघ (ने.वि.संघ) तनहुँको शेखर समूह अन्तर्गत गठन भएको समानान्तर समिति विघटन गरिएको छ।ने.वि.संघ तनहुँका जिल्ला अध्यक्ष आशिष कैनीको नेतृत्वमा संगठनलाई एकीकृत गर्दै अगाडि बढाउने निर्णय भएको छ। यसै क्रममा शेखर समूहका प्रतिनिधि सोन आलेले जिल्ला अध्यक्ष आशिष कैनीलाई समाहित पत्र बुझाएका थिए ।

संगठनभित्र एकता कायम गर्दै आगामी गतिविधि अघि बढाउने उद्देश्यका साथ समितिलाई समाहित गरिएको जिल्ला अध्यक्ष कैनीले बताए । स्ववियु निर्वाचनलाई प्रभावकारी बनाउन संगठनलाई एक ढिक्का बनाउँदै अगाडि बढ्ने लक्ष्य रहेको ने.वि.संघका नेताहरूले बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page