आँबुखैरेनी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीबाट निशानको उम्मेदवारी दर्ता
आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट निशान मगरले उम्मेदवारी दर्ता गरेका छन् ।
स्ववियु निर्वाचन अन्तर्गत चैत्र ५ गते हुने निर्वाचनको लागि आज मंगलबार मनोनय दर्ता रहेकोमा मगरले सभापतिमा उम्मेदवार दर्ता गरेका हुन् ।
यसैगरी, अखिल क्रान्तिकारीबाट स्ववियु सचिवमा गंगा प्रसाद लामिछाने, कोषाध्यक्षमा करुणा गुरुङ्ग, सदस्यहरुमा मेनुका खत्री, सुरेश नेपाली, विज्ञा राना मगरले उम्मेदवार दर्ता गरेका छन् ।

यस्तै, अखिल क्रान्तिकारीबाट नै समानुपातिक तर्फ संगिता थापा, लक्ष्मी थापा, शिशिर वि.क., विनिशा बराम र देवी श्रेष्ठले उम्मेदवार दर्ता गरेको आँबुखैरेनी क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

























