व्यास र म्याग्देमा आज साढे तीन घण्टा विद्युत अवरुद्ध हुने

व्यास र म्याग्देमा आज साढे तीन घण्टा विद्युत अवरुद्ध हुने

तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका केही भागमा आज दिउँसो साढे तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । दमौली सवस्टेशनको थर्पु फिडरमा सव स्टेसन अटोमेशन आयोजनाबाट अटोमेशनको सामान जडान कार्य गर्न मङ्गलबार दिउँसो १ बजेदेखि ४:३० बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

दमौली सव स्टेसनको थर्पु फिडरबाट विद्युत सप्लाई हुने दमौली बजार पश्चिम पट्टिको सम्पूर्ण क्षेत्रहरू साँगे, वार्हविसे, नेपालटार , सिर्दी, गुणादी, जामुने , थर्पु, सेरा छाङ , मनपाङ लगाएतका स्थानहरूमा विद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएको छ । उक्त कार्य समयमै सम्पन्न भएमा समय अगाबै बिद्धुत सेवा सुचारू हुने समेत बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page