तनहुँमा ट्याक्टर दुर्घटना हुँदा म्याग्देका शुकबहादुरकाे मृत्यु
तनहुँमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा सहचालक म्याग्दे गाउँपालिका वडा नं.२ जामुनेका ३० वर्षीय शुकबहादुर विककाे ज्यान गएको छ ।

सोमबार साँझ म्याग्दे गाउँपालिका वडा नं. ४ ओटाङदीस्थित भित्री कच्ची सडक खण्डमा ओटाङदीबाट हाईबेतर्फ समान पुर्याएर फर्किदै गरेको ग१त ५६८९ नं.को टयाक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा उनको ज्यान गएको हो ।

टयाक्टर चालक म्याग्दे २ का ४० वर्षीय प्रकाश कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएकाे बताइएको छ ।
























