सहमति नजुट्दा आदिकविमा स्ववियु निर्वाचन ९ बजेबाट सुरु हुने
आदिकवि भानुभक्त क्याम्पस व्यास १ विज्ञानचौरका विभिन्न विद्यार्थी संगठनहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रियालाई स्थगन गर्न माग गर्दै बहिस्कार सम्मको चेतावनी दिइरहेका बेला निर्वाचन प्रबन्ध समितिद्धारा एक प्रेस विज्ञप्ति जारी भएको छ ।

विज्ञप्तिमा पूर्व प्रकाशित तालिका अनुसार आज मिति २०८१/१२/०५ गते विहान ८:०० बजेबाट दिनको ४:०० बजेसम्म मतदानको कार्यक्रम राखिएको सन्दर्भमा निर्वाचन प्रवन्ध समितिले क्याम्पस प्रशासनलाई सबै विद्यार्थी संगठनको सहभागिताको लागि अन्तिम समयसम्म प्रयास जारी राख्न अनुरोध गरेको र सहमतिको प्रयासलाई सफलतामा पुर्याउन केहि समय लाग्न सक्ने विषयलाई मध्यनजर गर्दै मतदानको कार्यक्रम आज विहान ९:०० बजेबाट साँझ ५:०० बजेसम्म सम्पन्न रहने कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि उल्लेख गरिएको जनाइएको छ ।
निर्वाचन अधिकृत विश्वेश्वर तिमल्सेना द्वारा हस्ताक्षरित पत्रमा साे कुरा उल्लेख गरिएको छ ।

























