तनहुँ बास्केटबल संघका प्रशिक्षक श्रेष्ठ गण्डकी प्रदेश सदस्यमा निर्वाचित:
तनहुँ बास्केटबल संघका प्रशिक्षक कृष्ण कुमार श्रेष्ठ जेके गण्डकी प्रदेश बास्केटवल संघकाे सदस्य पदमा निर्वाचित भएका छन् ।

तनहुँकाे बास्केटबल खेललाई उचाइमा पुर्याउन दिनरात नभनी खटिएर प्रशिक्षककाे रूपमा रहेका श्रेष्ठ गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले निशुल्क रूपमा युवाहरूलाई दैनिक प्रशिक्षण दिँदा नयाँ खेलाडी उत्पादन बढ्दै गएका छन् । उनकै सक्रियताकाे कारणले पछिल्लो समय तनहुँमा बास्केटबल खेलप्रति आकर्षण पनि बढ्दै गएको छ । खेलप्रति आकर्षण बढ्दै जाँदा विभिन्न प्रतियोगितामा भाग लिन अन्यत्र जाने तथा जिल्ला भित्र पनि विभिन्न प्रतियोगिताका कार्यक्रममा युवाहरूको उपस्थिति बढ्दै जान थालेकाे छ ।

श्रेष्ठले पढाइ बाहेकको फुर्सदको समयमा युवायुवती हरू कुलतमा लाग्न सक्ने भन्दै खेलकाे महत्त्व बुझाउन र खेलप्रति आकर्षण बढाउँदै व्यस्त बनाउन पनि प्रयासरत रहेको बताएका छन् ।




































