३ लाख पुरस्कारकाे भरतपुर फुटबल च्याम्पियनसिपकाे फाइनलमा आँबुखैरेनी:
भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा आँबुखैरेनीप्रवेश गरेको छ ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा गैंँडाकोट एफसीलाई ३–० ले हराउँदै आँबुखैरनी फाइनलमा प्रवेश गरेको हो । आँबुखैरनीको जितमा फोडे फोफनाले र अबायोमीले गोल गरेका थिए । यस्तै आँबुखैरनीले अर्को एक भने उपहार गोल पाएको थियो । प्रतियोगितामा आबुखैरेनीका भवीन्द्र मल्ल म्यान अफ दी म्याच भए ।

आँबुखैरेनीले अब उपाधिका लागि चैत १० गते सेन्ट्रल कलेज २८ बिगाहाको सामना गर्नेछ । २८ बिगाहा यसअघि पहिलो सेमिफाइनलमा घैरुङ एफसीलाई हराउँदै फाइनलमा पुगेकाे थियो ।
प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ ।



































