१६ सय जरिवाना ताेकिएका बन्दीपुरका फरार गुरूङ पक्राउ
सार्वजनिक अपराध मुद्दामा १६ सय २५ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतको २०७७/०३/०५ गतेको फैसला बमोजिम तनहुँकाे बन्दीपुर गा.पा. वडा नं. – ०५ झारगाऊँ घर भएका मनकाजी गुरुङको छोरा वर्ष ३१ को राजु गुरुङलाइ पक्राउ गरिएको बन्दीपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरूङलाइ तोकिएको सजाय भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा पेश गरिएको समेत इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।

























