२ अर्ब भन्दा बढी अनलाइन जुवा खेल्ने खेलाउने गिराेह पक्राउ

२ अर्ब भन्दा बढी अनलाइन जुवा खेल्ने खेलाउने गिराेह पक्राउ

नेपाल प्रहरीले अनलाईन जुवा खेल्ने खेलाउने ठूलो गिरोहलाई आज पक्राउ गरेको छ । काठमाडौं स्थित बुढानीलकण्ठ नगरपालिका ३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरुले अनलाइन जुवा (सट्टाबाजी) खेल्ने खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सर्च गरेको थियो । साेही क्रममा उनिहरू पक्राउ परेका हुन् । पछिल्लो समय अननाईन मार्फत जुवा खेलाउने खेल्ने कृयाकलाप बढ्दै गएको छ । विशेषगरी सोझा ब्यक्तिहरु यस्ता खेलहरुमा फसेर पैसा सक्ने गरेको प्रहरी बताउँछन् । 

उनीहरुलाई अनलाइन जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले २ अर्व रुपैयाँ भन्दा बढी रकमको कारोवार हुनेगरी अनलाईन जुवा (सट्टेबाजी) खेलाउने कार्य गरेको  भेटिएको थियो ।  
प्रहरीले ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा Crypto Currency को कारोबार समेत गरेको देखिएको जनाएको छ । 

उनिहरुलाई काठमाडौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।  प्रहरीले विभिन्न कम्पनीको मोवाईल फोन ३४ थान, ल्यापटप ५ थान, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक (कापी)  ४ थान यस्तैगरी, भारतीय बैंक खाताको चेक बुक थान १४ थान,  भारतीय  एटिउम कार्ड २७ भारतीय सिमकार्ड ४० थान लगायत बरामद गरेको छ । 
पक्राउ परेका प्रतिवादीः
१. भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बूढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २४ को सनी मिणा, राजस्थान प्रदेश आलुवा जिल्ला घर भई ऐ. बस्ने वर्ष २५ को मोहित वर्मा , राजस्थान प्रदेश शिक्कर जिल्ला घर भई ऐ. बस्ने वर्ष २६ को पिउस भारद्वाज , राजस्थान प्रदेश जयपुर जिल्ला घर भई ऐ. बस्ने वर्ष २५ को हरकेश डडैया , ऐ. घर भई ऐ. बस्ने वर्ष २२ को निशांत भारद्वाज, ऐ. घर भई ऐ. बस्ने वर्ष २३ को आकाश वर्मा,ऐ. घर भई ऐ. बस्ने वर्ष १९ को अंकित कुमार सैनी,ऐ. घर भई ऐ. बस्ने वर्ष २३ को सन्जु शाकला, ऐ. घर भई ऐ. बस्ने वर्ष २८ को रामसिंह जाठ, ऐ. घर भई ऐ. बस्ने वर्ष १९ को लोकेश कुमार, ऐ. घर भई ऐ. बस्ने वर्ष १९ को विकाश कुमार रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page