शुक्लागण्डकीका मेयर पण्डितको कृषि लगाव, ब्यवसायिक कागती खेति सुरु

शुक्लागण्डकीका मेयर पण्डितको कृषि लगाव, ब्यवसायिक कागती खेति सुरु

ब्यवसायिक र राजनितिक क्षेत्रमा सफल मानिने तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले ब्यवसायिक कृषि पेशा समेत सुरु गरेका छन् । मेयर पण्डितले जिल्लाकाे म्याग्दे गाउँपालिका ४ मा १० रोपनीभन्दा धेरै जमिनमा कागजी खेति गरेका छन् । ब्यस्तताका विच समेत हरेक विहान कागतीको गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने मेयर पण्डितले स्वास्थ्यका लागि समेत विहान चाडो उठेर विरुवाको गोडमेल गर्न उपयुक्त लाग्ने बताउँछन् ।
हाल एक हजारभन्दा बढी कागतीका विरुवाले फल दिन सुरु गरेको उनकाे भनाई छ । घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भएपनि आगामी बर्षबाट ब्यवसायिक रुपमा उत्पादन हुने गरि याेजना अगाडि बढाएको उनी बताउँछन् ।आगामी बर्षबाट बजार पठाउने गरि एक सिजनलमा १५– २० हजार किलो कागती उत्पादन हुने अनुमान छ उनलेे भने । भुगोल र माटो सुहाउदो खेति कागतीलाई बाँदर लगायतका जंगली जनावरले समेत कम क्षति गर्ने भएकाले बाँझिएको जमिनमा यो खेति सुरु गरेको पण्डितले बताए ।


पृथ्वीराजमार्गबाट केही मिनेटको दुरीमै रहेको जमिनमा जनप्रतिनिधी भएको ब्यक्तीले कागती खेति गरेपछि अन्यलाई समेत यस प्रतिको चासो बढेर गएको छ । सामान्यतया कोदो मकै लगायतका खाद्यान्न लगाउँदा जंगली जनावरले नोक्सान गर्नेभन्दै बाँझो बसेको बारीहरुमा अन्यले समेत कागती खेती सुरु गर्न थालेको स्थानीय हेमकुमार कायस्थले बताए । समाजका अगुवाई गर्ने ब्यक्तिहरुले कृषिमा चासो दिएर संलग्न हुने हो भने कृषि पेशाप्रतिको दृष्टिकोण नै सम्मानित बन्ने उनलेे बताए ।
खेति गर्ने संस्कृति लोप हुदै जान थालेको अवस्थामा नगर प्रमुखको काम उदाहरणीय भएको नगरवासी बताउँछन् । गाउँघरमा बाँझिएका जमिनमा केही गर्न सकिन्छ है भन्ने आशा मेयरको प्रयासले जगाएको उनिहरूकाे भनाइ छ ।
बजार माग उच्च रहेको कागती खेतिसँग अव पुख्यौली जमिनमा ब्यवसायिक रुपमा मेवा खेति गर्ने तयारी समेत मेयर पण्डितको रहेको छ । आम्दानीसँगै कृषिको विकास, स्थानीयलाई रोजगारीको अवसर र बाँझिएका जमिनको उपयोगमा सहयोग पुग्ने सोच सहित लागि परेको मेयर पण्डितले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page