बिराैटामा हुने गण्डकी काेटीहाेम महायज्ञकाे तयारी तिव्र

बिराैटामा हुने गण्डकी काेटीहाेम महायज्ञकाे तयारी तिव्र

पोखराको बिरौटामा यही चैत १७ देखि २०८२ जेठ २६ गतेसम्म हुने गण्डकी काेटीहाेम महायज्ञकाे तयारी तिव्र पारिएको छ । मानव सेवा फाउण्डेशनकाे आयाेजनामा पाेखरा-१७ विराैटामा काेहीहाेम हुन लागेकाे हाे । सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरकाे जग्गा र आपपासका स्थानीयको जग्गामा कोटीहोमकाे तयारी तिव्र रूपमा अगाडि बढाइएको छ ।

काेटीहाेम संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी महाराजले काेटीहाेम स्थलमा आँफै खटिएर तयारी तिव्र बनाउँदै प्रचारप्रसार लाई व्यापक बनाएको सचिवालयले जनाएको छ ।
विजयकृष्णमूर्ति महाराजले काेटी हाेममा १ हजार भन्दा बढी गीता नि:शुल्क वितरण गर्ने संकल्प लिएकाे समेत बताइएको छ ।

राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामनाले हामी यो विशाल आयोजनमा जुटेका छौं बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी महाराजले भनेका छन् । पोखरालाई मुक्तिद्वारको रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने हामीले उज्यालो उद्देश्य बोकेका छौं उनलेे भनेका छन् । धार्मिक पर्यटनवृद्धिले राष्ट्र‌को सर्वतोमुखी विकासमा सशक्त सहयोग पुर्याउने हाम्रो सङ्कल्प अनुरूप गण्डकी प्रदेशका विपन्न, अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन, संरक्षण हेतु भवन निर्माण आदि सहयोगार्थ ऐतिहासिक श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ आयाेजना गरिएको हाे ।

मानव सेवा फाउन्डेसनले राज्यकाे सहयोग नलिई ललितपुर जिल्लामा मामाघर अनाथलय चलाउदै आएकाे र अहिले ८५ जना अनाथ बालबालिकाले त्यहाँ आश्रय पाएका बताइएको छ । अनाथलयमा वैदिक धर्मअनुसारकाे शिक्षादिक्षा दिइन्छ ।
यस्तै भक्तपुरमा स्तरीय जेष्ठ नागरिक आश्रम सञ्चालन साथै मानव सेवा फाउन्डेसनलाई काठमाडौं र कास्की लगायतका जिल्लामा सक्रिय राखेकाे बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page