दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभा सम्पन्न

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभा सम्पन्न


दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको गण्डकी प्रदेशका ऊर्जा ,जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले उद्घाटन गरेका थिए । साधारण सभाको उद्घाटन गर्दै मन्त्री देवकोटाले शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । दमौली बजार क्षेत्रमा थप स्रोत जुटाउनका लागि गण्डकी प्रदेशको तर्फबाट पूर्ण सहयोग रहने समेत मन्त्री देवकोटाको भनाई रहेको थियो ।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ ,पूर्वमन्त्री डोवाटे वि.क., व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले बोलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page