शिक्षक महासंघ आबुँखैरेनीको अध्यक्षमा लक्ष्मण सिंखडा

शिक्षक महासंघ आबुँखैरेनीको अध्यक्षमा लक्ष्मण सिंखडा

शिक्षक महासंघ आबुँखैरेनीको अध्यक्षमा लक्ष्मण प्रसाद सिंखडा चयन भएका छन् ।
आबुँखैरेनीमा साेमबार आयाेजित एक कार्यक्रमबाट लक्ष्मण प्रसाद सिंखडाको अध्यक्षतामा नेपाल शिक्षक महासंघ आबुँखेरेनी गठन भएको हो । समितिकाे सह अध्यक्षमा ई. सुरज बगाले,उपाध्यक्षमा महेन्द्र प्रसाद अधिकारी,सचिवमा निरन्जन पराजुली,सह सचिवमा पम्फा लामिछाने ,सह सचिव(महिला)मा मनिषा पन्डित चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा ई केशव घिमिरे,विनोद कोइराला,केशव परियार,नवराज अधिकारी लगायत छनोट भएका छन् । त्यसैगरी पदेन सदस्यको रुपमा सुरेन्द्र बोगटी,पृथ्वी बहादुर गुरुङ ,संगम आचार्य छनोट भएको सचिव नवराज मिश्रले बताए ।

UNATO आबुँखैरेनी अध्यक्ष सुरेन्द्र बोगटीको अध्यक्षतामा संचालित कार्यक्रममा NNTA आबुँखैरेनी अध्यक्ष संगम आचार्यले स्वागत मन्तब्य राखेका थिए भने NTA आबुँखैरेनी सचिव नवराज मिश्रले कार्यक्रम संचालन गरेका थिए।कार्यक्रममा शिक्षक महासंघ तनहुँका सह-अध्यक्ष इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने NTA तनहुँका उपाध्यक्ष अशोक चन्द्र वाग्ले,NNTAतनहुँका सचिव हृदय भट्ट ,UNATO तनहुँका उपाध्यक्ष लक्ष्मण वगाले लगातयका शिक्षक नेताहरुको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page