दमाैली बजार इकाईले हाेली विशेष कार्यक्रम गर्ने:
फागुपुर्णिमा पर्वकाे दिन चैत ११ गते तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईले हाेली विशेष कार्यक्रम गर्ने भएको छ । इकाईले दमाैलीकाे अनशन चाैतारिमा विभिन्न प्रतियोगिता आयाेजना राखि विशेष कार्यक्रम गर्न लागेको हाे ।

कार्यक्रममा डाेरि तान्ने प्रतियोगिता , घैंटाे फुटाउने प्रतियोगिता , जुम्बा डान्स , लाेक दाेहाेरि लगायत हाेली हंगामा कार्यक्रम राखिएको दमाैली बजार इकाईका सभापति सुकनारायण मल्लले बताए । कार्यक्रममा सहभागीता सँगै विभिन्न प्रतियोगितामा भाग लिन आउन सभापति मल्लले व्यवसायी लगायत सबैमा अनुरोध गरेका छन् ।
इकाईले शिवरात्रिकाे अवसरमा पनि पञ्चमन्दिरमा बत्ती बालेर बस्ने भक्तजनलाइ निशुल्क चियापान कार्यक्रम राखेको थियो । इकाईले हरेक वर्ष यश किसिमकाे कार्यक्रम गर्दै आएकाे छ ।





































